३० आश्विन २०८३, शुक्रबार

आठ लाख नगदसहित बीसजना जुवाडे पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Juwa-tas

विराटनगर, १५ भदौ । मोरङको पथरी नगरपालिका–५ बाट पक्राउमा परेका २० जुवाडेसहित उनीहरुको साथबाट बरामद गरिएको रकमलगायतका सामान आइतबार बिहान प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले जुवाको खालबाट नगद सात लाख ६८ हजार ७९९, मोबाइल फोन २३ थान, खाल एक थान, तीन बुक तासका साथै को१च ७३२४ नम्बरको स्कोरपियो गाडीसमेत बरामद गरिएको जानकारी गराएको छ ।

प्रहरी उपरीक्षक विश्वराज पोखरेलले विशेष सुराकीको आधारमा जगतबहादुर राईको घरमा जुवा तास खेलिरहेको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालको कमाण्डमा खटिएका टोलीले एक महिलासहित २० जना जुवाडेलाई पक्राउ गरिएको बताउनुभयो ।

उनीहरुमाथि जुवा ऐनअन्तर्गत कारबाहीस्वरुप आजै म्याद थप गरिने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

उहाँले यस ऐनअन्तर्गत बढीमा ५०० जरिवाना गर्ने प्रावधान रहेको र बरामद गरिएका रकम राजस्वमा दाखिला गरिने बताउनुभयो । रासस