१ कार्तिक २०८३, आइतबार

भारतको झारखण्डमा प्रहरीको गोलीबाट चारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jharkhand-police_lans1

नयाँ दिल्ली, १६ असोज । पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु भएको छ ।

यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् ।

‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीद्वारा जारी कारबाहीमा ती सर्वसाधारणको मृत्यु भएको बताइएको छ ।

झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० किलोमिटर उत्तरतर्फ हजारीबाघ जिल्लाको बार्कागाओन क्षेत्रमा सो घटना भएको हो । सो आन्दोलनको काँग्रेस पार्टीका सांसदले नेतृत्व गरेका थिए ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार सो कर्पोरेसनका विरुद्धमा सन् २००४ देखि आन्दोलन हुदैआएको थियो । रासस/सिन्ह्वा