काठमाडौं, १६ असोज । युद्धको तयारीको झल्को दिँदै पाकिस्तानले कम उचाइबाट उडान भर्ने अन्तराष्ट्रिय उडान रद्ध गरेको छ ।
अन्तराष्ट्रिय सञ्चार मध्यमका अनुसार अब पाकिस्तानबाट ३३ हजार फुट भन्द कम उचाइका विमान कराची हवाइ क्षेत्रबाट उड्न पाउने छैनन् । त्यसैगरी लाहौर हवाइ क्षेत्रमा पनि २९ हजार फुट भन्दा कम उचाइमा उड्ने विमानमाथि प्रतिबन्ध गरिएको छ ।
पाकिस्तानको परमाणु हतियार करााचीमा रहेका कारण यो क्षेत्रको आकाशमा हवाइ उडान प्रतिबन्धित गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
खासगरी भारतबाट खाडी क्षेत्रमा उडान भर्ने विमान होचो उचाइबाट जाने गर्छन् । भारतकै विमानलाई आफ्नो आकाशबाट उड्न निरुत्साहित गर्न पाकिस्तानले यस्तो कदम चालेको आरोप भारतीय पक्षले लगाएको छ ।
भारतका विमान कम्पनीहरुले पाकिस्तानको आकाश प्रयोग गर्न नपाउने भएपछि कम्पनीहरुमा चिन्ता बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पाकिस्तानी सेनाले सीमा क्षेत्रमा ब्याटल लाइन बनाएको छ । आक्रमणको सम्भावना बढेपछी पाकिस्तानले गिलिगिट–स्कर्दु र चित्रालमा गैरसैनिक उडान समेत रद्ध गरेको छ ।
















प्रतिक्रिया