३० कार्तिक २०८३, सोमबार

महन्थ ठाकुरका विश्वासपात्र सांसदले मधेस आन्दोलनका घाइतेको पैसा यसरी खाइदिए

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jangilal-raya-tamalopaकाठमाडौं, १६ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरका अत्यन्तै विश्वासिला एक नेताले मधेस आन्दोलनका घाइतेको झण्डै एक लाख उपचार खर्च बुझेको झ्वाम पारेको रहस्य खुलेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री एवम् सांसद जंगीलाल रायले भारतको सीतामढीमा मधेसी मोर्चाका घाइतेहरूको उपचार भएको फर्जी बिल भरपाइ बनाएर उपचार खर्चका नाममा ८२ हजार ५ सय रुपियाँ बुझेको उच्च स्रोतले जनाएको छ । गृह मन्त्रालयमा बुझाएको बिल भरपाइ फर्जी भेटिएको उच्च स्रोतले जानकारी दिएको छ ।

‘सांसद जस्तो व्यक्तिले मधेस आन्दोलनका बेला घाइतेको खर्च वाफत आफैले व्यक्तिगत रुपमा चेक बुझेर रकम लिनु कत्तिको जायज छ ?’, स्रोतले भने, ‘यो राजनीतिक विषय भएकाले हुन सक्छ जे मन लाग्यो त्यही गरेको होला ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट जंगीलाल राय नयाँदिल्ली पनि पुगेका थिए ।

रायको प्रधानमन्त्री दाहाल र गृहमन्त्री विमलेन्द्र निधिसँग आजकाल अलि धेरै हिमचिम बढ्न थालेको मोर्चाभित्र चर्चा हुने गरेको छ ।

तमलोपा अध्यक्ष ठाकुरका अत्यन्तै विश्वासिला मानिने रायले मधेसका घाइतेको नाममा बुझेको रकमको के गरे भन्ने कुराको जानकारी पार्टीलाई पनि नदिएको स्रोतले जनाएको छ ।