काठमाडौं, १५ असोज । अमेरिका र दक्षिण कोरियालाई चीनले थाड मिसाइल रक्षा प्रणालीको तयारीको मुल्य चुकाउनुपर्ने र उसबाट जवाफी आक्रमणमा प्रोत्साहन मिल्न सक्ने चेतावनी दिएको चीनको प्रमुख दैनिक पत्रिका पिपुल्स डेलीले जनाएको छ ।
जुलाइमा दक्षिण कोरिया र अमेरिकाको टर्मिनल हाई अल्टिट्युड एरिया डिफेन्स मिसाइल रक्षा प्रणालीको तयारीमा सहमति भएको थियो । दक्षिण कोरियाको रक्षा विभागले गोल्फकोर्समा यसको तयारीको घोषणा गरेको थियो ।
पिपुल्स डेलीमा थाड मिसाइल रक्षा प्रणालीको तयारीमा चीनको विरोधमा केही परिवर्तन आएको छैन् । चीन आजपनि यस क्षेत्रको सामरिक सुरक्षा सन्तुलनको विरुद्ध मान्छ र चीन सुरक्षा मामलामा कुनै उदासिनता सहन सक्दैन् ।
















प्रतिक्रिया