३० कार्तिक २०८३, सोमबार

वामदेवको प्रश्न– ‘ओलीकै बजेट लागू गर्नु नै थियो भने किन सरकार गिराएको ?

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautam

काठमाडौँ, १५ असोज । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि सर्वस्वीकार्य रुपमा मान्नुपर्ने बताउनुभएको छ ।

एमाले काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेका शुभविजयादशमी, दिपावली, छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले संविधान कानुन बमोजिम दुई तिहाइ सांसदले पारित गरेको सर्वस्वीकार्य भएको भन्दै कसैले पनि संविधानलाई मान्दैनन् भन्न नपाउने बताउनुभयो ।

उहाँले खुलेआम मुलुकको सबभन्दा ठूलो कानुन संविधान नमान्ने नेपाली हुन नसक्ने भन्दै नेपालीले नेपालका लागि जारी गरिएको संविधान भारतले असन्तुष्टि हुन कुनै कारण नभएको प्रष्ट पार्नुभयो ।

अघिल्लो सरकार गिराउनुपर्ने कुनै कारण नभएको बताउँदै उहाँले प्रतिप्रश्न गर्नुभयो – “अघिल्लो सरकारको नीति कार्यक्रम र बजेट लागू गर्नु नै थियो भने किन सरकार गिराएको ?”

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सावित्रा भुसाल, काठमाडौँ जिल्ला कमिटी सदस्य कृष्ण राई, काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर विदुर मैनाली, क्षेत्र नंका अध्यक्ष बालगोपाल उपाध्यक्षलगायतले शुभकामना दिँदै संविधान कार्यान्वयनमा जोड दिनुभयो । रासस