१ कार्तिक २०८३, आइतबार

भारतले अमेरिकासँग मिलेर पाकिस्तानमाथि सर्जिकल अपरेसन गरेको खुलासा

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-obama

काठमाडौं, १५ असोज । भारतीय सेनाले पाकिस्तानको पीओकेमा गरेको सर्जिकल अपरेसनपछि अमेरिकाले पाकिस्तानलाई आफ्नो जमिनमा आतंकवादीलाई सुरक्षित स्थान नदिन, छिमेकी देशलाई मद्दत गर्न र आतंकवादीलाई आफ्नो देशमा आश्रय नदिन भनेको छ ।

इक्नोमिक्स टाइम्समा प्रकाशित खबर अनुसार अमेरिकालाई भारतले पाकिस्तानमाथि गरेको सर्जिकल स्ट्राइक्सको बारेमा पनि पहिले देखि नै जानकारी थियो ।

बिहीबार डीजिएमओले पत्रकार सम्मेलन गर्न भन्दा पहिले नै जब अमेरिकी एनएसए सुजैन राइसले भारतको एनएसए (सुरक्षा सल्लाहकार) अजित डोभाललाई फोन गरेको थियो तब अजित डोभालले फोनमा सुजैनलाई सर्जिकल स्ट्राइक्सको बारेमा पुरै जानकारी दिएको थिए ।

अमेरिकामा ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले बताएअनुसार वाशिंगटनलाई अपरेसनपछि दिनभरीको अपडेटको जानकारी थियो । तर, अमेरिकाले भारतको यो एक्सनपछि दुबै पक्षको सेनाले आपसमा कुराकानी होस् भनेर चाहेको थियो ।

पाकिस्तानको नियन्त्रण रेखा नजिक चरमपंथी ठाउँमा सर्जिकल स्ट्राइक्स गरेर भारतीय सेनाका कमान्डोले आतंकवादीहरुलाई ७ लन्च प्याडले आफ्नो निशाना बनाएको थियो, जसमा ३८ आतंकवादी लाई मारेको थियो ।