१ कार्तिक २०८३, आइतबार

पाकिस्तानी सेनाको कब्जामा रहेका सैनिक छुटाउन भारतलाई आपत

21.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-army

काठमाडौं, १५ असोज । हतियारसहित सीमा पार गरी पाकिस्तानी भुमिमा प्रवेश गरेका एक जना भारतीय सैनिकलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएपछि भारत सरकारलाई आपत आइलागेको छ ।

काश्मिरको उरी घटनापछि दुई देशबीच विवाद बढिरहेका बेला आफ्ना सैनिकलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएपछि भारत अप्ठेरोमा परेको हो ।

भारतका गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय सैनिकलाई छुटाउन सबै उपाय अपनाइएको बताएका छन् । उनले राजनीतिक तथा कुटनीतिक माध्यमबाट उनलाई छिट्टै रिहाई गरिने गृहमन्त्री सिंहले बताए ।

३७ वी राष्ट्रिय राइफलसहित चन्दू बाबूलाल चौहान नामका २२ वर्षीय एक सैनिक मेढर सेक्टरमा एलओसी पार गरेपछि उनलाई पाकिस्तानी सेनाले नियन्त्रण लिएर अज्ञात स्थलमा राखेको छ ।