१ कार्तिक २०८३, आइतबार

पाकिस्तानी कलाकारको पक्षमा उभिएका सलमानलाई भारत छोड्न धम्की

10.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman

मुम्बई । काश्मिरको उरी घटनापछि भारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगिरहेका बेला बलिउड अभिनेता सलमान खानलाई देश छोड्न धम्की आएको छ ।

दुई देशको विवादले भारतको निशानामा परेका पाकिस्तानी कलाकारको पक्षमा उभिदा सलमानलाई भारत छाडेर पाकिस्तान जान धम्की आएको हो ।

सलमानलाई भारतीय जनता पार्टी निकट संस्था सिवसेना भारतले पाकिस्तानी कलाकारसँग मायाप्रेम छ भने पाकिस्तान गए हुन्छ भनेको छ ।

सिवसेनाकी एक नेतृ मनिषा केन्डीले भारतीय समाचार एजेन्सी एएनआईसँगको अन्तर्वार्तामा शनिबार विहान पाकिस्तानी कलाकारको पक्षमा उभिने सलमानलाई सबक सिकाउनुपर्ने भन्दै यदि पाकिस्तानीसँग दोस्ती छ भने भारत छोड्नुपर्छ भनेकी छन् ।

यसअघि सलमानले एक प्रेस कन्फ्रेन्समा मुम्बईमा काम गरिरहेका पाकिस्तानी कलाकारको पक्षमा बोल्दै कलाकारलाई प्रतिबन्ध लगाउनु आतंकवादको हल होइन् भनेका थिए ।

उनले भनेका थिए– ‘पाकिस्तानी कलाकार मात्र कलाकार हुन्, आतंकवादी होइन् । आतंकवाद र कला दुई अलग विषय हुन् । उनीहरु सही भिसासहित आएका हुन् र सरकारले उनलाई परमिट दिन्छ ।’

सलमानको यो प्रतिक्रियामा असहमति जनाउँदै सिवसेनाले उनलाई नै देश छाडेर पाकिस्तान जान धम्की दिएको हो ।

यसअघि सिवसेनाले नै पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छोड्न अल्टिमेटम दिएको थियो । नछाडे पिटीपिटी भगाउने बताएको थियो । यो धम्कीपछि धेरै पाकिस्तानी कलाकारले भारत छाडेका छन् ।