पर्वत, १५ भदौ । एउटै बोकाको तौल १ सय ३ किलो भन्दा बढी भन्ने सुन्दा पत्याउनुहुन्छ ? सदरमुकाम कुश्माको छमर्केमा छबिलाल पुनले पालेको बोकाको तौल १ सय ३ पुगेको छ । महिला महोत्सवमा प्रर्दशन गर्न ल्याइएको उक्त बोका सबैको आकषर्क बनेको छ ।
जमुनापारि जातका बोका अहिले २१ महिनाको भएको पुनले बताए । उसको माउले यस बोकासँगै अन्य २ पाठीलाई जन्म दिएको थियो । ‘पाठीहरु विक्री गरिसकियो’ उनले भने, ‘यसलाइ ब्याडे पाल्न भनेर राखेर हुँ ।’ उनले पालेका अरु बोका ९० किलोसम्मका भएका थिए । बोकालाई ५० हजार रुपैयाँमा किन्न खोजेका थिए, तर आफूले नबेचेको उनले सुनाए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।














प्रतिक्रिया