काठमाडौं, १५ असोज । आगामी नोभेम्बर पहिलो साताका लागि तय भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ ।
छिमेकी मुलुक भारतसँग तनाव बढ्दै गएपछि नोभेम्बर ९ र १० गते इस्लामावादमा हुने भनिएको सम्मेलनको आयोजक राष्ट्र पाकिस्तानले सम्मेलन स्थगित भएको घोषणा गरेको हो ।
पाकिस्तानी विदेश मन्त्रालयले शुक्रवार राति पत्रकार सम्मेलनमार्फत १९ औं सार्क सम्मेलनको नयाँ मिति चाँडै घोषणा गरिने बताएको छ । उसले सार्क सम्मेलन स्थगित हुनुको प्रमुख जिम्मेवार भारत हो पनि भनेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले भारततर्फ लक्षित गर्दै भनेको छ– ‘जब कुनै मुलुक द्विपक्षीय समस्यालाई क्षेत्रीय सहयोग लेनदेन भइरहेको बहुपक्षीय फोरममाथि थोपर्छ भने त्यो सार्कको आचारसंहितको ठाडो उलंघन हो ।’
सार्क शिखर सम्मेलनलाई भारतले आफ्नो स्वार्थका लागि ‘शिकार’ बनाएको पाकिस्तानको आरोप छ ।












प्रतिक्रिया