काठमाडौं, १४ असोज । राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ ग्यालेक्सी जेटु ६ मोबाइल एक्स्पोमा सनिबार अनुप्रस्तको ब्याण्डले बिभिन्न सांगितिक कार्यक्रम गर्ने भएको छ ।
असोज ७ गतेबाट जारी एक्स्पो अन्तर्गत शनिबार सिटिसीमलमा प्रबेश सँगै मोबाइल एशोसरिज पाइने ब्यबस्था गरिएको छ । यसैगरि सामसुङ ग्यालेक्सी जेटु ६ को खरिदमा १ हजार रुपैयाँसम्म रिचार्जकार्ड पाइने ब्यबस्था गरिएको छ ।
मोबाइल खरिदसँगै लक्की ड्र मा समाबेश गर्न पाइनुका साथै क्यासब्याक अफर समेत राखिएको छ । एक्स्पोको प्रबेश सँगै लक्की ड्रमा भाग लिन पाउने र बिजेताहरुलाई स्मार्टफोन प्रदान गरिने छ ।
यसैगरि एक्स्पोमा मोबाइल खरिद गर्ने मध्यबाट लक्की ड्रमार्फत १ जनालाई मोटरसाइकल, टेलिभिजन, रेफ्रिजेरेटर लगायत दर्जनौं उपहार प्रदान गरिने सिटिसी मोबाइल बजारका कोषाध्यक्ष मनोज सायमीले जानकारी दिनुभयो ।
असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा १ लाख ३० हजार अबलोकनकर्ता आइसकेको बताउँदै सिटिसी मोबाइल बजारका अध्यक्ष संदिपमान श्रेष्ठले एक्स्पेमा आउने अवलोकन कर्ताले अतिरिक्त मनोरञ्जन पाउने बताउनुभयो ।
शनिबार सकिने मोबाइल एक्स्पोका बिभिन्न अफरहरुलाइ छठ पर्बसम्म पाउने ब्यबस्था गरिएको छ । मेलाको अन्तिम दिन शनिबार ५० हजार भन्दा बढी अबलोकनकर्ता आउने आयोजकको दावी छ ।
एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।
मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।
एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिरहेको एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।
बजारले दिने सुबिधा बाहेक बजारमा रहेका हरेक पसलले आफ्नो तर्फबाट पनि बिशेष छुट प्रदान गरिरहेका छन् ।
सिटिभी मोबाइल तथा द वल्र्डभिजन मोबाइलले एलजीको एल ६० मोबाइलको खरिदमा अर्को त्यही मोबाइल अफरमा दिइरहेको छ । यसैगरि नेपालमा पहिलो पटक प्रबेश गरेको युएमआइ मोबाइलले एक्स्पोमा आफ्ना ३ मोडलको बुकिङ गरिरहेको छ ।
















प्रतिक्रिया