काठमाडौं, १४ असोज । कांग्रेसभित्रको गुटको राजनीतिले दिन प्रतिदिन उग्ररुप लिन थालेको छ । कांग्रेसका शीर्ष नेताहरूका गतिविधीले गुटको राजनीतिलाई बढावा दिएको पछिल्ला गतिविधीहरूले पुष्टि पनि गर्न थालेको छ ।
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ‘लबेदा–सुरुवाल’को फेर समातेर एकएक राजनीतिमा उदाएका कृष्णप्रसाद सिटौलाले अहिले आएर कांग्रेसभित्रै गुट चलाएर राजनीति थालेका छन् ।
१३औँ महाविधेशनमा गुटको राजनीतिकै कारण वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा पत्तासाफ बनाउन ठूलो भूमिका खेलेका सिटौलाका गतिविधी अहिले पनि संकाशस्पद रहेको कांग्रेसी नेताहरूको आरोप छ । हुन त सिटौलालाई भारत परस्तको आरोप लाग्दै आएको छ । उनले भारतीय कांग्रेसआइसँग निकट राखेर नेपालमा राजनीति गर्ने गरेको आरोप छ ।
सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै आएको बताउने सिटौलाले आज फेरि गुटको संस्कारलाई बढावा दिएका छन् । उनले आफ्ना गुटका सीमित नेताहरूको झुण्डलाई समेटेर काठमाडौंको तीनकुनेस्थित एक रेष्टुरेण्टमा दिवा भोजको गरेका छन् । दिवा भोजमा ‘कोटरी’भित्रका कांग्रेसी पत्रकारहरूलाई अलि धेरै बोलाइएको थियो ।
दिवा भोजमा सिटौलाले आफ्नो गुटको पहिचान झल्कने गरेर विभिन्न दैनिक पत्रिका, अनलाइन, रेडियो, टिभी र साप्ताहकका सम्पादकहरूलाई बोलाएको उच्च स्रोतले जनाएको छ ।
सिटौलाको दिवा भोजमा स्वास्थ्य मन्त्री गगन थापा, केन्द्रीय सदस्य उमाकान्त चौधरीलगायतका सीमित नेताहरूको मात्रै सहभागिता रहेको थियो । स्रोतका अनुसार दिवा भोजको खर्च सबै स्वास्थ्यमन्त्री थापाले तिरेका छन् ।
भोजमा आएकाहरूलाई मन्त्री थापाले कृष्णप्रसाद सिटौलाले मात्रै संविधान कार्यान्वयन र कांग्रेसको नेतृत्व लिन सक्ने भएकाले सिटौला गुटमा लागेको छाती फुलाएर भनेका थिए । दिवा भोजको कार्यक्रममा सिटौलाले भने राजनीतिक कुरा राखेका थिएनन् । उनले ‘तपाईहरूको कुरा सुन्न आएको हुँ र दसैँको शुभकामना छ’ भनेर थोरै बोलेका थिए ।
नेता सिटौलाले अलग दिवा भोज गर्नुको कारण ‘म कांग्रेसमा अलग नेता हुँ’ भन्ने दम्भ देखाउन यसो गरेको देउवा समूहका एक नेताले प्रतिक्रिया दिएका छन् ।
हुन त आजै बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो गुटको पहिचान दिने गरी निकटका सीमित पत्रकार, नेता र सांसदहरूलाई बोलाएर बसुन्धरामा चियापान कार्यक्रम गरेका छन् । चियापानमा पौडेलले सिटौलाले जस्तो मासु, भात र अनेकथरी खानेकुरा खुवाएनन् । उनले सामान्य चिया र खाजा खुवाएको स्रोतको भनाइ छ ।











प्रतिक्रिया