काठमाडौं, १४ असोज । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरी संसद बैठक चलिरहेका बेला श्वास प्रश्वासमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
आजको संसदको बैठकमा करिव दुई बजेतिर सांसद चौधरीलाई समस्या देखिएको आफन्तहरूले जनाएका छन् ।
सांसद चौधरीका आफन्त प्रज्ञान न्यौपानेका अनुसार बैठक चलिरहेका बेला श्वास प्रश्वासमा समस्या भएपछि नर्भिक अस्पताल थापाथली लगेर उपचार सुरु गरिएको छ ।
सांसद चौधरी दाङ क्षेत्र नम्बर १ बाट दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित हुनु भएको हो । उहाँ कांग्रेस केन्द्रीय समेत हुनुहुन्छ ।












प्रतिक्रिया