३० कार्तिक २०८३, सोमबार

कांग्रेस नेता सिंहले एकाएक किन ‘बिधान’को कुरा उठाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhकाठमाडौं, १४ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कायकर्तादेखि केन्द्रीय समितिका नेतासम्मले पार्टीको बिधान अक्षरंस पालना गर्नु पर्ने बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ ले आज काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा नेता सिंहले पार्टीलाई बिधि सम्मत चलाउन बिधानको अक्षरंस पालना अनिर्वाय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आफूभित्र संगठित हुन सकेमात्र अरु दलसँग प्रतिस्पर्धामा सफल हुन सकिन्छ ।’

बिधानको पालना गरेर अनुशासित भए मात्रै विपक्षी दलहरूको मुकाबिला गर्न सकिने नेता सिंहको भनाइ थियो ।

नेता सिंहले नेता तथा कार्यकर्ताहरूलाई आफूबीचको तिक्तता छाडेर एक हुने पनि अपील गर्नुभएको छ । उहाँले निर्वाचनको तयारीमा लाग्न पनि निर्देशन दिनुभएको छ ।