३० कार्तिक २०८३, सोमबार

संक्रमणकालीन अवस्था अन्त्य गरेर चुनावमा जानुपर्छ : कांग्रेस नेता पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra-poudel-dai-congressकाठमाडौं, १४ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक अहिले संक्रमणकालमा रहेको भन्दै यसलाई निकास दिन सबै राजनीतिक दलहरूको महत्वपूर्ण भूमिका रहनु पर्ने बताउनुभएको छ ।

पत्रकारहरूका लागि आज काठमाडौंमा आयोजित चियापान कार्यक्रममा नेता पौडेलले मिडियाले मुलुकलाई निकास दिन ठूलो भूमिका खेल्ने बताउनुभयो ।

‘मुलुक अहिले संक्रमणकालमा छ’, उहाँले भन्नुभयो, ‘संक्रमणकालीन अवस्थालाई चिरेर चुनावमा जानु पर्छ ।’ उहाँले मिडियाले सकारात्मक भूमिका खेलेर चुनावको वातावरण बनाइ दिनुपर्ने उल्लेख गर्नुभयो ।

लोकतन्त्रको रक्षाका लागि सबै विषयलाई क्रियाशील बनाइनु पर्ने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रलाई बलियो बनाउन सबै लोकतान्त्रिक पद्धतिलाई क्रियाशील बनाउनु पर्छ ।’

पार्टीभित्रको आन्तरिक विवादका विषयमा बोल्न नमान्नु भएका नेता पौडेलले भन्नुभयो, ‘सुशील कोइरालाको निधनसँगै कांग्रेस अहिले शोकमा छ । म बिबादका विषयमा बोल्न चाहन्न ।’