१ कार्तिक २०८३, आइतबार

शुक्रबारबाट देशभर ‘सत्यदीप’

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shatyadeep6

काठमाडौ । चलचित्र ‘सत्यदीप’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउने भएको छ । देशभरका करिब ५० भन्दा बढी चलचित्र भवनमा चलचित्र लाग्ने ‘सत्यदीप’का बितरक सरोज शर्माले जानकारी दिए ।

‘सत्यदीप’ बिनयराम श्रेष्ठको निर्माण र पुष्कर घिमिरेको निर्देशनमा बनेको चलचित्र हो । घिमिरेको यो निर्देशनमा डेब्यु चलचित्र हो । चलचित्र क्षेत्रमा दुई दशक बिताएका घिमिरेले चलचित्रबाट सिकेको अनुभव यसमा खन्याएको बताए ।

गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘सत्यदिप’मा रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, जिवन गिरी, श्याम केसीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्रको केही दिन अगाडी गरिएको बिशेष सो बिभिन्न भिआइपीहरुले हेरेका थिए । उनिहरुले चलचित्र मन परेको र बिषय बस्तु उत्कृष्ट भएको प्रतिक्रिया दिएका थिए ।

प्रेम रोमान्स र एक्सनले भरिपुर्ण चलचित्रले भ्रष्टहरुलाई समाजबाट बहिस्कार गर्न युवाहरुले आवाज बुलन्द पार्नु पर्ने कथा उठाएको छ । उपत्यकाको आसपासमा दृश्य समेटिएको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रमा अर्जुन पोखरेलका संगीतमा निकै कणप्रिय गीतहरु समेटिएका छन् ।