१ कार्तिक २०८३, आइतबार

सानु भइन् चौथो मिस लिम्बू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss-limbu-2016-1

काठमाडौं । ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’को उपाधि सानु नेम्बाङले जितेकी छन् ।

बुधबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई उछिन्दै सानुले ताज आफ्नो पोल्टामा पारेकी हुन् । सानुलाई गत वर्षकी ‘मिस लिम्बू’ विष्णु चेम्जोङले ताज पहिराई दिएकी थिइन् । उनले ताजसहित ५० हजार नगद र दुई लाख बराबरको छात्राबृत्ति पाएकी छन् ।

याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल’ यो चौथो संस्करणमा फस्ट रनरअफ र सेकेण्ड रनरअप क्रमशः स्वप्नीला यक्पाङ्देन र जुनु पोमो भएका छन् । उनीहरुले ताजसहित क्रमशः नगद २५ हजार र १५ हजार तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । स्वप्नीलाले ‘फोटोजेनिक’ उपाधि पनि पाइन् ।

‘मिस युमा कल्चरल’ उपाधि भने आशिका आङबुहाङले आफ्नो पोल्टामा पार्न सफल भइन् । उनले नगद ५० हजार पनि पाइन् । आशिकाले ‘मिस पपुलर’ को सबटाइटल पनि पाइन् । यसबाहेक प्रतियोगितामा विभिन्न सबटाइटल प्रदान गरिएको थियो । जसमा ‘मिस ट्यालेन्ट’ ‘मिस पर्सनालिटी’ ज्योति कन्दङ्वा भए भने ‘मिस मदर टङ’ नम्रता लाबुङ, ‘मिस फ्रेन्डली’ भूमिका माङ्देन, ‘बेस्ट डे«स’ सरुहाङ्मा सम्बाहाम्फे, ‘बेस्ट स्किन’ रोश्ना नेम्बाङ र ‘बेस्ट हेयर’ निशी मेन्याङ्बो भए ।

साथै, प्रतियोगितामा ‘मिस पङ्च्युअल’ शेरा आङ्खेवा, ‘मिस पर्सनालिटी’ ज्योति थोप्रा, ‘मिस ब्युटिफुल’ सोना पालुङ्वा, ‘बेस्ट फिगर’ र ‘भ्युअर्स च्वाइज’ सरुहाङ्मा सम्बाहाम्फे, ‘मिस क्याटवाक’ मञ्जिता नेम्बाङ, ‘मिस ओभिडेन्ट’ विना सामेखाम र ‘मिस बेस्ट स्माइल’ को सबटाइटल सुक्मिता केरुङले पाए । प्रतियोगिताको निर्णायकमा पूर्वमिस नेपाल सुविन लिम्बू, कलाकार तथा लिम्बू भाषाविद् यासेली योङहाङ, समाजसेवी अर्जुन नुबो, मोडल दिक्पाल कार्की, मेरिष्का पोखरेललगायत रहेका थिए ।

कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा आयोजित प्रतियोगिताको मुख्य प्रायोज तेह्रथुमे ढाका पसलले गरेको गरेको थियो । प्रतियोगीहरु तेह्रथुमे ढाकाकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङ्बुङ र उनका सहयोगीले तयार गरेको मेख्लीमा स्टेजमा उत्रिएका थिए ।

विश्व लिम्बू, युगल पोमु र याङ्जोम शेर्पाले आलो–पालो सञ्चालन गरेको कार्यक्रममा डम्बर नेपाली, कञ्चन थलङ, भीम लिम्बू, सुनिता थेगिमलगायतले गीत प्रस्तुत गरेका थिए भने ‘तारेभीर’की अभिनेत्री तथा मोडल रेखा फागोले आफूू अभिनीत चलचित्रकै गीतमा आर्कषक नृत्य प्रस्तुत गरेकी थिइन् ।