काठमाडौं ।
‘बहारमा रमाउने आस बाँकी छ अझैं
तिमी फेरी आउने आस बाँकी छ अझै’
चर्चित गायिका अञ्जु पन्त कसैको प्रतिक्षामा छिन् । उनको नयाँ गितले यही भन्छ । बुधवार अञ्जुको नयाँ गीतको अडियो रिलिज भएको छ । नयाँ गितमा अञ्जु भन्छीन्ः
‘तिम्रो प्यारको कला पनि देखियो
सारा शहर हुन मेरो दास बाँकी छ अझैं’
गितकार गोबिन्दप्रसाद उपाध्यायका शब्दलाई गायक/सँगीतकार कुसुम भट्टराईले सँगीत कम्पोज गरेका हुन् भने यसमा साहस शाक्यको एरेन्ज रहेको छ । पेशाले पत्रकार भट्टराई बिगत सात वर्ष यता शास्त्रीय सँगीतको अभ्यास गर्दै आएका छन् ।
भट्टराईको म्युजिक कम्पोजमा अञ्जुको यो पहिलो गित हो । ‘धेरै पछि राम्रो गित गाउन पाइयो, मलाई त नबिर्से तिमिलाई गाउँदाजस्तै अनुभव भयो’, अञ्जुले भनीन् ।
पेशाले बैंकर गोबिन्दप्रसाद उपाध्यायको यो गित उनको नयाँ एल्बम सत्यता–३ मा समेटीनेछ । उनले ‘सत्यता’ १ र २ मा पनि अञ्जुकै स्वर समावेश गरेका थिए । विभिन्न अवार्डहरु पाइसकेका उपाध्यायको सत्यता–३ गजल प्रधान हुनेछ ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया