३० कार्तिक २०८३, सोमबार

स्वास्थ्यमन्त्री थापा अचानक बिरामी, पेटमा देखियो समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-thapaकाठमाडौं, १३ असोज । स्वास्थ्यमन्त्री गगन थापाको पेटमा समस्या देखिएपछि उपचार गरिएको छ ।

बुधबार राति आमाबाबुलाई विदाइ गर्न अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थापालाई पेटमा समस्या देखिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनलाई निवास पठाइएको थियो ।

पेटमा अझै समस्या भएपछि बिहीबार बिहानै अस्पताल पुगेर मन्त्री थापाले उपचार गरेको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमन्त्री थापाको स्वास्थ्य खतरामुक्त रहेको एक कांग्रेसी नेताले बताएका छन् ।