३० कार्तिक २०८३, सोमबार

निधि र खाँणले ‘प्रचण्ड’ सरकारलाई यसरी बनाए ठहरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimlendra-nidhiकाठमाडौं, १३ असोज । सरकार गठन भएको दुई महिनाभित्रै कांग्रेस र माओवादी केन्द्रवीच खटपट सुरु भएको छ । विशेष गरेर उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र रक्षामन्त्री बालकृष्ण खाँणका कारण कांग्रेस र माओवादी केन्द्रवीचको सम्बन्धमा दरार उत्पन्न भएको हो ।

स्रोतका अनुसार खाँणले प्रथम संविधान दिवसका अवसरमा नेपाली सेनाको योगदानका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाएपछि दुई सत्तारुढ दलभित्रको विवाद बाहिर आएको हो ।

गृहमन्त्री निधिले आफू खुसी मधेस आन्दोलनका नाममा मुद्दा फिर्ताको तयारी गरेपछि प्रधानमन्त्री दाहालले असन्तुष्टि जनाएका हुन् । दाहालले गम्भीर अपराधको मुद्दालाई फिर्ता लिन नसक्ने यसअघि सार्वजनिक कार्यक्रममा जनाइ सकेका छन् ।

तर निधिले मधेसी मोर्चासँग नजिक हुने बहानामा गम्भीर अपराध लागेकाहरूको पनि मुद्दा फिर्ता गर्ने तयारी गरेको उच्च स्रोतको भनाइ छ । गठबन्धनको भावना विपरित निधिले संकास्पद गतिविधि गरेपछि दाहाल र शेरबहादुर देउवा सशंकित छन् ।

भारतसँग निकट गरेका निधिलाई देउवाले बाध्यतावस नजिक राखेका छन् । निधिले सरकारभित्र र कांग्रेसका कुराहरू लैनचौर पुगाउने गरेको आरोप पनि छ । भारतीय दबाबमा उपप्रधान एवम् गृहमन्त्री बनेका निधिलाई भारतीय पक्षले सबैभन्दा नजिकको नेताका रुपमा लिने गरेको छ ।

शेरबहादुर देउवाका विश्वासपात्र मानिने खाँणले देउवाकै चाहना बमोजिम दाहालविरुद्ध संकास्पद गतिविधि गर्ने गरेको आरोप छ । देउवाले खाँणलाई सरकारविरुद्ध गतिविधि गर्न उक्साउने गरेको उच्च स्रोतको भनाइ छ ।