१ कार्तिक २०८३, आइतबार

दुर्गाको ‘लुकेको आँशु…’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vlcsnap-2016-09-29-23h50m32s515काठमाडौ । गायिका दुर्गा दाहाल साउँदको दोस्रो एल्बम ‘लुकेको आँशु..’को ‘मन परेको मान्छे पाउँदा ….’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढासब्बा म्युजिकले आफ्नो युट्युव मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेको हो ।

गीतमा शब्द, स्वर, संगीत दुर्गा दाहाल साउँदकै रहेको छ । निकै रमाइलो तवरले तामधामका साथ निर्माण गरिएको भिडियोमा निशा शाह र उनका साथीहरुको अभिनय देख्न सकिन्छ । गीतको भिडियो मनोज थापाले निर्देशन गरेका हुन् ।

एल्बम ‘लुकेको आँशु’मा मनपरेको मान्छे पाउँदा, पैसा भन्दा सबै मर्ने, धराने लाहुरे, परदेशि जन्मभुमि सम्झिएर ,माया जालामा पारी गयौ,साकेला नाँचबोलका ६ गीत समावेश गरिएका छन् । दर्गाका यस अगाडी ‘हाई हाई मंगले’ एल्बम सार्वजनिक भएको थियो ।