१ कार्तिक २०८३, आइतबार

‘सफर’को कथा पार्किङबाट सुरु हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

safarकाठमाडौं । नेपाली फिल्म ‘सफर’ असोज १४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको छ । निर्माण पक्ष फिल्मको प्रचार प्रसारमा तीब्रताका साथ जुटेको छ ।

केशव खड्काले निर्माण गरेको यो फिल्मको कथा पार्किङ स्थलबाट सुरु भएको छ । फिल्म अत्यन्तै राम्रो बनेको खड्काले दाबी गरेका छन् ।

असोज १४ गतेबाट देशभरि एकसाथ प्रदर्शनमा आउन लागेको फिल्ममा सञ्जय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल र नुर्जा श्रेष्ठको मुख्य भूमिका छ । निर्देशक आशिष श्रेष्ठले फिल्म निर्माणका क्रममा कुनै पनि विषयसँग सम्झौता नगरिएको बताएका छन् ।

अमेरिकामा बसेर ‘सफर’ बनाएका निर्देशक श्रेष्ठले आगामी दिनमा नेपाल मै बसेर अर्को फिल्म बनाउने योजना बनाइ रहेको उल्लेख गरेका छन् ।