३० कार्तिक २०८३, सोमबार

गौतम बुद्धबारे भारतीय पक्षद्वारा अर्को खुला हस्तक्षेप, बिहारलाई गयो त्यसको जस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्कण्डेय काट्जु
मार्कण्डेय काट्जु

काठमाडौं, १३ असोज । भारतीय सर्वोच्च अदालतका पूर्व न्यायाधीश मार्कण्डेय काट्जुले ‘गौतम बुद्ध बिहारले जन्माए’को भनेर बिबादास्पद अभिव्यक्ति दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा काट्जुले स्ट्याटस लेखेर गौतम बुद्धबारे गलत सूचना सम्प्रेषण गरेका हुन् । भारतको प्रेस काउन्सिलको अध्यक्ष समेत रही सकेका काट्जुले भनेका छन्, ‘बिहारले गौतम बुद्ध जस्तो महान व्यक्तित्वलाई जन्माएको छ ।’

भारतले गौतम बुद्धका बारेमा बेलाबेलामा गलत सूचना सम्प्रेषण गर्दै आएको छ । भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएको इतिहाँसलाई बङ्ग्यार भारतका बुद्धिजीवी र प्रशासक तथा नेताहरूले नेपालमाथिको थिचोमिचोलाई बेलाबेला उजागर गर्दै आएका छन् ।

markandya-katajuभारतको सर्वोच्च अदालतको न्यायाधीश भइसकेको र प्रेस काउन्सिलको नेतृत्व गरिसकेका मार्कण्डेय काट्जु कानूनको रक्षा र स्वतन्त्र तथा निडर फैसला गरेका कारण चर्चित छन् । उनको ख्याति नेपालमा पनि छ ।

तर तिनै चर्चित व्यक्ति मार्कण्डेय काट्जुले गौतम बुद्ध बिहारले जन्माएको भनेर अभिव्यक्ति दिनुलाई नेपालीहरूले कत्ति पनि रुचाएका छैनन् ।

मार्कण्डेयको विरोध सुरु भइसकेको छ । उनले आफ्नो अभिव्यक्तिलाई सच्चाएर नेपालीको मन दुखाएकोमा क्षमा माग्नु पर्छ भन्ने आवाज सामाजिक सञ्जालहरूमा आउन थालेका छन् ।