काठमाडौं, १२ असोज । मधेशवादी दलका सांसदहरुले टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता नलिए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।
बुधबार तीनै तहको निर्वाचन गराउन गरेको तयारीबारे बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रतिपक्षी एमालेका सांसदले टीकापुर घटनाका दोषीलाई कारवाहीको माग राखेपछि त्यसको प्रतिवाद गर्दै मधेशी दलका सांसदले मुद्दा फिर्ता नलिए चुनाव हुन नदिने चेतावनी दिए ।
एमाले सांसद रामेश्वर फुँयालले सरकारले टीकापुर घटनाका आरोपीहरुलाई उन्मुक्ति दिन लागेको भन्दै आलोचना गरेपछि मधेशी दलका सांसदहरुले कडा प्रतिवाद गरेका थिए ।
कैैलाली घटनाका सम्वन्धमा एमाले सांसदहरुले उठाएको विषयमा कांग्रेस र मधेसी समुदायका सांसदहरुले समेत आपत्ति जनाएका थिए । कैलालीकै सांसद एवं टीकापुर घटनाको मुख्य योजनाकारमध्येका एक मानिने रामजनम चौधरीले टीकापुरका अभियुक्तको मुद्दा फिर्ता नलिए चुनाव हुन नदिने चेतावनी दिए ।












प्रतिक्रिया