१ कार्तिक २०८३, आइतबार

भारतीय प्रधानमन्त्री मोदीलाई बमले उडाउने धम्की, सुरक्षा बढाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Modi

काठमाडौं, १२ असोज । भारत र पाकिस्तानबीच तनाव बढिरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बम हान्ने चेतावनी आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार अज्ञात व्यक्तिले प्रहरीलाई फोन गरी मोदीको कोझिकोड भम्रणको क्रममा बम हान्ने चेतावनी दिएका हुन् । अहिले प्रहरीले चेतावनी दिनेको खोजी गरिरहेको छ ।

मोदी भारतीय जनता पार्टीको राष्ट्रिय परिषद बैठकका लागि कोझिकोड भम्रण गर्न लागेका बेला अज्ञात नम्बरबाट बम हान्ने चेतावनी आएको हो ।

उक्त चेतावनी पछि मोदीको भ्रमणमा तीन किमी टाढा सम्मका प्रत्येक क्रियाकलाप निगरानीमा राखिएको र मोदीको सुरक्षाका लागि ७ घेरामा सुरक्षाबल खटाइएको सामाचारमा उल्लेख गरिएको छ ।