काठमाडौं, १२ असोज । काश्मिरको उरी घटनापछि भारत–पाकिस्तान विवाद चर्किएका बेला पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले पाकिस्तानलाई नेपाल र भुटान जस्तो सोचेर गल्ती नगर्न भारतलाई चेतावनी दिएका छन् ।
भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा बोल्दै उनले पाकिस्तान एउटा शक्तिशाली राष्ट्र भएकाले कमजोर नसोच्न र हिम्मत भए पाकिस्तानमा आक्रमण गर्न पनि भारतलाई चुनौति दिएका छन् ।
पूर्व राष्ट्रपति मुशर्रफले भनेका छन्– ‘भारत सानो चित्त भएको ठूलो देश हो । भारतले नेपाललाई गरेको जस्तो ब्यवहार पाकिस्तानलाई गर्न सक्ने छैन । पाकिस्तान एउटा शक्तिशाली राष्ट्र हो । हिम्मत भए आक्रमण गरोस् ।’
साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने भनेपछि मुशर्रफले नवाज शरीफको जन्मदिनमा आफ्ना मन्त्रीहरुलाई समेत जानकारी नदिई पाकिस्तान पुग्ने मोदीले अहिले सार्क सम्मेलनमा नजाने भन्नु गलत भएको र यस्तो गल्ती नगर्न समेत मोदीलाई सुझाव दिएका छन् ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया