१ कार्तिक २०८३, आइतबार

बिरामी भएरपनि ‘माग्ने बुढा’ले मन्त्रीलाई छाडेनन् (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

magne-budha

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन् । पेटको समस्याका कारण थला परेका उनी आफैँले गाएको गीतको म्युजीक भिडियोमा देखिएका छन् ।

केहि वर्ष अगाडि रेकर्ड गरिएको “मन्त्रीको सालो” बोलको व्यंग्यात्मक गीतमा उनी पनि देखिएका हुन् । स्वास्थ्य स्थितिमा केहि सुधार भएपछि उनले सो भिडियोका लागि समेत केहि दृश्यहरु दिएका छन् ।

पूर्ण रुपमा सन्चो नभएकाले माग्ने बुढा आफैँ मन्त्रीको सालोका रुपमा प्रस्तुत हुन भने सकेका छैनन् । मन्त्रीलाई घोचपेच गरिएको यस गीतका शब्द सिर्जना माग्ने बुढा आफैँले गरेका हुन् भने गीतमा हरि लम्सालको संगीत छ । दीपक आचार्यको निर्देशनमा गीतको म्युजीक भिडियो तयार भएको हो ।

भिडियोमा माग्ने बुढासँगै दीपक आचार्य, विनोद राई (घ्याम्पे सुब्बा), बेगम नेपाली (भटभटे), दिनेश काफ्ले, सुबोध गौतम, सुनिता ठाकुर, भरत बस्नेतलगायत देखिएका छन् । गोकुल अधिकारीको छायाँकन र अमन मानन्धरको सम्पादन रहेको छ ।

हेर्नुस् भिडियोः