काठमाडौं, १२ असोज । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको १० औ वार्षिकोत्सवको उपलक्ष्यमा रुद्रमती सरोकार समाजले आयोजना गरेको फोहोरमुक्त सडक घोषणा कार्यक्रमलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत गौशाला देखि कमल पोखरी सम्म ४० थान डष्ट बिन सौजन्य गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री गगन कुमार थापाले गर्नु भएको थियो । हाल बैंकले १७ वटा शाखामार्फत करिब ९ अर्ब निक्षेप संकलन र ७ अर्ब कर्जा लगानी गरेको छ ।
आगामी दिनहरुमा पनि यस्तै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु गर्दै जाने बैंकले जनाएको छ ।
















प्रतिक्रिया