काठमाडौं, १२ असोज । काश्मिरको उरी घटनापछि भारतले पाकिस्तानमा तय भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्कको) १९ औं शिखर सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको छ ।
उरी घटनाले दुई देशबीच तनाव बढेपछि नयाँ दिल्लीबाट भारतीय विदेश मन्त्रालयले मंगलबार एक वक्तव्य जारी गरी नोभेम्वर ८–१० गतेसम्म इश्लामावादमा हुन लागेको सार्क सम्मेलनमा भाग नलिने र यसको जानकारी सार्कको वर्तमान अध्यक्ष नेपाललाई दिइसकेको बताएको छ ।
दक्षिण एशियामा बढ्दो आतंकारी आक्रमण र सदस्य–राष्ट्रहरूको आन्तरिक मामिलामा बढ्दो हस्तक्षेपले गर्दा शिखर सम्मेलनलाई सफलतापूर्वक संचालनको लागि अनुकूल वातावरण नभएको भारतको दाबी छ ।
भारत प्रशासित काश्मिरमा आतंकवादी हमलामा १८ भारतीय सैनिक मारिएपछि भारत र पाकिस्तानबीच युद्ध हुने स्थिती सिर्जना हुँदा सार्क सम्मेलन प्रभावित हुने देखिएको छ ।












प्रतिक्रिया