१ कार्तिक २०८३, आइतबार

कोमल वलीले पुल्चोकमा गरिन् हंगामा! डाक्टर पनि पक्राउ परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

komal oli (3)

काठमाडौं । आफ्नो कारमा पेट्रोल भर्न पुल्चोक पेट्रोल पम्पमा पुगेकी कोमल वलीले पेट्रोल भर्ने क्रममा लाइन मिचेर अगाडि गएपछि झण्डै झगडाको स्थिति सिर्जना भएको छ ।

मंगलबार दिउँसो लगभग साढे १२ बजे पेट्रोल भर्न पुगेकी गायिका कोमल वलीले लाइन मिचेर अगाडि गएपछि पछाडि लाइनमा बसेका चाकुपाटका डाक्टर अमितमान जोशीले लाइन मिचेको भन्दै कारको साँचोले वलीको कार कोरेपछि वली र डाक्टरबीच विवाद चर्केको थियो ।

विवाद साम्य नभएपछि उनीहरु दुबै जनालाई प्रहरीले जावलाखेल प्रहरी परिसरमा लगेका थिए ।

पछि वली र डाक्टर जोशीका आफन्त बीच कोरेको कार बनाइदिने सहमति भएपछि प्रहरीले उन्मुक्ति दिएको स्रोतले बताएको छ ।