१ कार्तिक २०८३, आइतबार

धम्कीकै कारण भारत छाड्न बाध्य भए पाकिस्तानी अभिनेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fabad-pakistan-actor

मुम्बई । ४८ घण्टाभित्र भारत छाड्न पाकिस्तानी कलाकारलाई भारतीयले दिएको धम्कीपछि पाकिस्तानी मुलका कलाकार फवाद खान भारत छाड्न बाध्य भएका छन् ।

चलचित्र खुबसुरतमा अभिनय गरेका फवादले भारत पाकिस्तानबीच चर्केको विवादको स्थितिमा भारतमा पाकिस्तानी कलाकार सुरक्षित रहन नसक्ने भन्दै मुम्बई छाडेका छन् ।

उरी आक्रमणको घटनाको आरोप भारतले पाकिस्तानलाई लगाउँदै आएको छ । यो स्थितीमा महाराष्ट्र नवनिर्माण सेना (एम्एनएस)का कार्यकर्ताले केही दिनअघि मात्र पाकिस्तानी कलाकारलाई ४८ घण्टाभित्र भारत छाड्न धम्की दिएका थिए ।

मुम्बई प्रहरीले पाकिस्तानी कलाकारको सुरक्षा गर्न आफूहरु सक्षम रहेको बताएपनि पाकिस्तानी कलाकारले विश्वास नगरेर असुरक्षाकै कारण भारत छाडेको सञ्चारमाध्यमले जनाएका छन् ।