१ कार्तिक २०८३, आइतबार

पाकिस्तानी सेना प्रमुखको हातमा मोदीको टाउको! भारतमा खैलाबैला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-modi-head

काठमाडौं, ११ असोज । काश्मिर उरी आक्रमणपछि भारत र पाकिस्तानको विवाद राष्ट्रसंघ सम्म पुगिसकेको छ ।

दुबै देशले एकअर्कालाई कमजोर बनाउन खुइल्याउने र तर्साउने, विभिन्न क्रियाकलापहरु गर्ने गरेका देखिन थालेका छन् ।

यसै समयमा भारतको विरोधमा पाकिस्तानको राजधानीमा ठूलो प्रदर्शन भएको छ, जहाँ प्रदर्शनकारीहरुले पाकिस्तानी सेना प्रमुख राहिल शरीफको एक हातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टाउको काटेर हातमा लिएको छ भने अर्को हातमा रगतले रातो भएको तरवार समाएको फोटो सहितको पोष्टर समाएका छन् ।

उक्त पोष्टरको फोटो सहितको प्रदर्शन पछि पाकिस्तानी सञ्चारमाध्यममा यसबारेमा हेडलाइन सामाचार बनेका छन् भने भारतीय सञ्चार माध्यमहरुमा खैलाबैला मच्चिएको छ ।

modi-behaded-on-posterपाकिस्तानी अखबार ‘द नेशनलले उल्लेख गरेअनुसार कश्मिरमा बुरहार वानी मारिएपछि कश्मिरमा भएको हिंसाको विरोधमा भारत विरुद्ध प्रदर्शन भएको हो ।

केही दिन अघि मात्रै पाकिस्तानी सेना प्रमुख जनरल राहिल शरीफले भारत प्रति लक्षित गर्दै युद्धको धम्की नदिन सचेत गराउँदै युद्ध भई नै हालेमा युद्ध सुरु गर्ने देशले सहनै नसक्ने क्षति व्यहोर्ने चेतावनी दिएका थिए ।

जस्तो सुकै शक्ति भएको शत्रुले धावा बोलेमा पाकिस्ताने सहनै नसक्ने मुल्य चुकाउने स्थिति बनाइदिने शरीफले चेतावनी दिएका थिए ।

गत जुलाइ ८ मा भारतीय सेनाले आतंकवादी सँगठन हिजबुल मुजाहिदिनका कमाण्डर बुरहानी वानीलाई इन्काउन्टर गरेको थियो । त्यसपछि कश्मिरमा हिंसा जारी छ ।