धादिङ, ११ असोज । धादिङको मार्फा–६ स्थित लपाङफेदीमा भएको यात्रु बस दुर्घटनाका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हलिकप्टर धादिङ आउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सदरमुकाम धादिङबेसीँबाट उत्तरी धादिङको किन्ताङफेदी जाँदै गरेको यात्रु बस मंगलबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले घटनास्थल सदरमुकामबाट झण्डै ५ घण्टाको बाटोमा रहेकाले घाइतेहरुलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी भइरहेको बताए ।
उनका अनुसार अहिले सदरमुकामबाट ५ वटा प्रहरीको गाडी घटनास्थलतर्फ पठाइएको छ । ना ४ ख ३३१८ नक्बरको बसमा ३० जना भन्दा बढी व्यक्ति सवार रहेको बुझिएको छ ।












प्रतिक्रिया