वासिङटन (अमेरिका), ११ असोज । एक बन्दुकधारी आक्रमणकारीले व्यस्त व्यापारिक भवनमा गोली चलाउँदा यहाँ सामान किन्न आएका छ जना अमेरिकी नागरिक घाइते भएका छन् ।
प्रहरीले आक्रमणकारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ ।
हस्टनका आगलागी नियन्त्रण विभागका प्रवक्ता रिचार्ड भ्यानले घाइतेहरु कसैलाई फुटेका शिशाले काटेको छ भने केही मानिस आक्रमणकारीको निशानामा पर्दा चोटग्रस्त भएको बताउनुभएको छ ।
घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको बताउँदै हस्टन प्रहरीले ट्वीट मार्फत् घाइतेको एकीन सङ्ख्याबारे थाहा नभएको जनाएको छ ।
प्रहरी प्रत्याक्रमणमा गोली लागेका आक्रमणकारी गाडीमा विस्फोटक पदार्थ भए नभएको परीक्षण भइरहेको बताउँदै आक्रमणकारीको मृत्यु भएको वा घाइते रहेको सम्बन्धमा ट्वीटमा स्पष्ट खुलाइएको छैन । – एएफपी















प्रतिक्रिया