३० आश्विन २०८३, शुक्रबार

एक महिनामा तातोपानी नाकाबाट मात्रै १६ केजी सुन बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taskari-Gold-850x636सिन्धुपाल्चोक, १४ भदौ । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मात्रै प्रहरीले करिव एक महिनामा १६ केजी अवैध सुन बरामद गरेको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले व्यक्तिलाई चेकजाँच गर्ने क्रममा यतिको मात्रमा सुन बरामद गरेको हो ।

साउन १७ गते सिन्धुपाल्चोकको राम्चेमा बाढी–पहिरोका कारण अरनिको राजमार्गको लामुसाँघु–बाह्रबिसे सडक खण्ड अवरुद्ध भएयता प्रहरीले चेकजाँचमा कढाई गर्दै आएको छ ।

राजमार्ग अवरुद्ध नहुदाँ सुन तस्करले गाडीमै सुन ओसारपसार गर्ने गर्थे ।
सुन तस्करहरुले शरीरका विभिन्न मागमा लुकाई छिपाई ल्याउँदै गरेको सुनसहित प्रहरीले थुप्रैलाई प्रक्राउ गरिसकेको छ ।
्
बरामद सुन र पक्राउ परेका ब्यक्तिलाई प्रहरीले भन्सार कार्यालयको जिम्मा लगाउने गरेको छ ।

यसैबीच दशैँ–तिहार जस्ता पर्व नजिकिदै जाँदा बढ्न सक्ने तस्करीलाई रोक्न सशस्त्र प्रहरीले नाकामा आफ्नो सक्रियता अझ बढाएको छ ।