२ कार्तिक २०८३, सोमबार

सिटिसी मोबाइल एक्स्पो: भिजिटर्सको चाप, मिडिल रेन्जका मोबाइलसेटको कारोबार उच्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ctc-mobile-expo-1

काठमाडौं, १० असोज । मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहित सुरु भएको सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ मा मध्यम बर्गका मोबाइल सेटको कारोबार बढी भएको छ ।

शुक्रबारदेखि सुरु भएको एक्स्पोमा ३ दिन सम्म ७० हजारले अलवोकन गरिसकेका छन् । पहिलो दिन १० हजारले अवलोकन गरेको मोबाइल एक्स्पो उल्लेख्य अवलोकनकर्ता आएको र उनिहरुको रोजाइमा मध्यमबर्गका सेटको कारोबार धेरै भएको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिनुभयो ।

‘भिजिटर्सहरुको संख्या क्रमश बढिरहेको छ, ७० हजारभन्दा बढी भिजिटर्स आईसक्नुभयो, व्यवसायीहरु पनि उत्साहित भएका छन्’, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

ctc-mobile-expo-3

सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरmलेर एक्स्पोले सिटिसी मोबाइल बजारलाई मोबाइल हबका रुपमा विकास गर्न सघाउने बिश्वास ब्यक्त गरे । उनले भिजिटर्सको फ्लोले सिंगो मलले व्यवसायीक सफलता हासिल गर्ने बताए ।

सिटि मोबाइल हबका संचालक सन्दिप जिबन बन्जाराले भिजिटर्सको नजरमा सामसङ र हुवावे मोबाइल लगायतका कम्पनीका मोबाइल तथा २० देखि ३० हजार सम्मका मोबाइलको माग अत्याधिक रहेको बताए ।

उनले अवलोकन कर्ताहरुको बाक्लो उपस्थिती र वृद्धि भैरहेको बिक्रिका कारण आफु उत्साहित रहेको धारणा व्यक्त गरे ।

एक्स्पोमा भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकन कर्ताहरुले बिशेष जानकारी मागिरहेका छन् ।

ctc-mobile-expo-4

एक्स्पोमा आउने अवलोकन कर्ताहरुले मोबाइलका ब्राण्ड भन्दा पनि फिचरलाई महत्व दिइरहेका छन् ।

युरोपमा ख्याती कमाएको युएमआइ मोबाइल एसियामै पहिलोपटक नेपाल ल्याइएको जानकारी दिदै क्रिश्टल कर्पोरेशनका निर्देशक भोगेन्द्र राइले मेलामा ४८ भन्दा बढी सेटको बुकिङ गरिसकेको बताए ।

बजारमा दरिलो उपस्थिती देखाउने योजना सहित नेपाल भित्रिएको युमआइ मोबाइललले हाल ३ वटा मोडेललाई बिशेष प्राथमिकता दिएको राइले बताए ।

असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई मनोरञ्जन दिनका लागि बिभिन्न मोबाइल कम्पनीका टिसर्ट लगाएका कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिईरहेका छन् । त्यसका अलावा बिभिन्न खेलका माध्यमबाट पनि अवलोकन कर्ताहरुलाई अतिरिक्त मनोरञ्जन दिईएको छ ।

सिने द सेफ सिनेमा हल, नेचुरल स्पा, जिम हल, किड जोन, रेष्टुरेन्ट लगायतका सुबिधासहितको सिटिसी मलमा आयोजना गरिएको छ ।

ctc-mobile-expo-2एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।

मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।

धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।

ctc-mobile-expo

एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।

८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।