१ कार्तिक २०८३, आइतबार

पाकिस्तानसामु यसरी कमजोर बन्दैछ भारत !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-and-Nawaz-Sharifकाठमाडौं, १० असोज । पाकिस्तानको न्युज च्यानल एक्सप्रेस न्युजले ह्याण्डिल गरेका विभिन्न सामाजिक सञ्जालमा प्रकाशित लेखहरुमा भारतलाई कमजोर बनाउन प्रयास भइरहेका छन् ।

सैयल अलीले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भनेका थिए, ‘न रुनुस्, यो झुट तपाइका जनताका बीचमा नफैलाउनुस् ।’

फारुकले लेखेका छन्- ‘चीन ,रुस, इरान, जर्मनी ,जापान, कुवेत, इन्डोनेसिया जस्ता देश पाकिस्तानको पक्षमा छन् । भारत भन्छ पाकिस्तान अलग थलग छ ।’

मरमयले लेखेका छन्- ‘भारत हाम्राविरुद्ध युद्ध गर्न सक्दैन तर उसले भारत पाकिस्तान बीचको क्रिकेट खेलबारे कुरा गर्न सक्छ ।’

उर्मर विर्कले लेखेका छन्- ‘भारतीय सेनाका अधिकारी समेत ४० हजार सैनिक जवानले छुट्टीका लागि निवेदन दिएका छन् ।’

पाकिस्तानी सामाजिक सञ्जालहरुमा यस किसिमको तनाव हुने सामाग्री लेखिन थालेपछि भारतीय मिडियाहरुले पनि प्रतिवाद गर्ने गरेका छन् ।