३० आश्विन २०८३, शुक्रबार

क्यान्सरका बिरामीलाई उपचारमा सहयोग गर्न आइस बकेट च्यालेन्ज घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

_origकाठमाडौँ, १४ भदौ । क्यान्सर रोगको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको क्यान्सर सोसाइटी नेपालले केहि दिन अगि आइस बकेट च्यालेन्जको घोषणा  गरेको छ ।

सोसाइटीले सामाजिक संजालमा पछिल्लो समय तहल्का मच्चाइरहेको ‘च्यारीटी आइस बकेट च्यालेन्ज’ बाट उठेको रकम राजधानी आउने विपन्न र असाय परिवारका बिरामीलाई उपचार अवधिभर निशुल्क आवासको व्यवस्था खर्च गर्ने उद्देश्यले घोषणा गरेको बताएको छ ।

‘हामीले विभिन्न समयमा क्यान्सर रोगको रोकथाम सम्बन्धी नाटक, सभा, गोष्ठी र अन्य विविध कार्यक्रम गर्दै आएका छौँ,’ कार्यक्रम निर्देशक यमनाथ मैनालीले भन्नुभयो,  ‘ योच्यारीटीबाट उठेको रकम विपन्न र असाय परिवारका बिरामीको उपचार अवधिभर निशुल्क आवास निर्माणमा खर्च गर्ने सोँच बनाएका छौँ ।’
क्यान्सर सोसाइटी नेपालका संस्थापक अध्यक्ष रामनाथ मैनालीले पनि संस्थाले विपन्न तथा असाय परिवारका विरामीको उपचारका लागि यस्तो कार्य गर्न लागेको भन्दै  सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।
क्यानसर पिडीत सहयोगार्थ यस्तो च्यारीमा सहभागी हुन सयौँ सहयोगीहरुले ईमेल एवं भिडीयो मार्फत जानकारी गराएको कार्यक्रम निदेर्शक मैनालीले जानकारी दिनुभयो ।

कसरी सहभागी हुने ?

यसका लागी फेसबुक पेजमा आफ्नै नियम राखिएको छ। एउटा वाल्टीमा पानी, संभव भए बरफ, एउटा भिडीयो खिच्ने मोवाइल र टावेल भए पुग्छ । यो च्यालेन्ज स्वीकार गर्दै बरफ वा पानीमात्रै आफ्नो जिउमा खन्याएको युटुव, फेसवुक या ट्वीटरमा  #icebucketchallengenepal  ह्यासट्यागमा अपलोड गर्न भनिएको छ ।

तपाई चुनौति जो कोहिलाई दिन सक्नुहुन्छ । चुनौति स्वीकार्न २४ देखि ४८ घण्टाको समय दिइएको छ। चुनौति स्वीकार्नेबाट कम र अस्वीकार गर्नेबाट बढी सहयोगको अपेक्षा गरिएको मैनालीले जानकारी दिनुभयो ।