३० आश्विन २०८३, शुक्रबार

१ सय ३९ पटक रक्तदान गरेर कीर्तिमान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prem-sagar-karmacharya

म्याग्दी, १४ भदौ ।  तपाईंले अहिलेसम्म कति पटक रक्तदान गर्नुभएको छ ? औसतमा भन्ने हो भने हामीमध्ये धेरैले दश वा पन्ध्र पटक गरेका छौं होला । तर, प्रेमसागर कर्माचार्यले भने १ सय ३९ पटक रक्तदान गरेर नयाँ किर्तिमान राखेका छन् ।

नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले शनिबार १३९औँ पटक रक्तदान गरेका हुन् ।

नवगठित नेपाल स्वयमसेवी रक्तदाता समाज म्याग्दी शाखासँगको भेटघाट कार्यक्रमका लागि म्याग्दी पुगेका कर्माचार्यले रक्त सञ्चार सेवा केन्द्र म्याग्दीमा शनिबार १३९औँ पटक रक्तदान गरे ।

नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने रेकर्ड बनाउनुभएका कर्माचार्यले समाजमा अहिले तीन हजार स्वयम्सेवी रक्तदाता आबद्ध रहेको जानकारी दिए । केन्द्रमा रक्तदान गरेपश्चात् उनलाई नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति लेखबहादुर हमाल र जिल्ला अस्पतालका डा सन्देश पन्तले सम्मान गरेका थिए ।

रक्त सञ्चार केन्द्र म्याग्दीका संयोजक एवम् नेपाल स्वयमसेवी रक्तदाता समाज म्याग्दीका अध्यक्ष सुरज केसीले नेपालमै सबैभन्दा धेरै रक्तदान गरेका कर्माचार्यको सल्लाह बमोजिम म्याग्दीमा पनि समाज गठन गरिएको जानकारी दिए । जिल्लामा जो कसैलाई रगतको आवश्यकता परेमा समाजले सरल र सहज रुपमा रगत उपलब्ध गराउने उनले बताए ।