चितवन, १० असोज । यातायातमन्त्री रमेश लेखकले त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधव घिमिरे र उनका भाइहरुको खोजी गर्न सरकारले बंगलादेशबाट गोताखोर ल्याउने तयारी गरिरहेको बताएका छन् ।
सोमबार दुर्घटनास्थल पुगेका मन्त्री लेखकले पूर्वमन्त्री घिमिरेको खोजी कार्यलाई तिव्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिँदै बंगलादेशबाट गोताखोरहरु मगाएर भएपनि घिमिरेलगायत वेपत्ता व्यक्तिहरुको खोजी गर्ने बताए ।
उनले उद्धार टोलीमा परिचालित सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई खोजीमा सम्भव सबै उपाय अलवम्बन गर्न निर्देशन पनि दिए ।
आइतबार साँझ कारसहित त्रिशूलीमा वेपत्ता घिमिरेसहित तीन जना अझै फेला परेका छैनन् ।












प्रतिक्रिया