३० कार्तिक २०८३, सोमबार

मधेस समस्या समाधान गर्न कांग्रेसले अग्रसरता लिन्छः सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-sing

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अब मधेसको समस्यालाई राजनीतिक सहमति जुटाएर तत्काल समाधान खोज्न कांग्रेसले अग्रसरता लिने बताउनुभएको छ ।

आज राजधानीको रत्नराज्य स्कुलको सुद्ध खानेपानी पलान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले अब मधेसको समस्यालाई राजनीतिक सहमति जुटाएर तत्काल समाधान खोज्न कांग्रेसले अग्रसरता लिने भन्दै संविधानमा सबैको अपनत्व हुनेगरि समाधानका लागि मुख्य दलहरुबीच छलफल केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

समय सीमा अत्यन्तै कम भएकाले दलहरुले समयको चाप बुझ्न नसके राजनीति अन्योलता आउन सक्नेतर्फ सचेत रहन प्रमुख दलहरुलाई आग्रह समेत गर्नुभएको छ ।

१६–१७ महिना को अवधि मा पनि राजनीतिक समझदारी जुटाउन सके तिनै तहको चुनाव गरन सकिने भन्दै बिस्तारै चुनावको वातावरण बन्दै गएको समेत बताउनुभयो ।

दलहरु मिलेर अघि बढ्न सकेको खण्डमा असम्भव केही पनि नहुने उहाँको धारणा छ ।