३० कार्तिक २०८३, सोमबार

इलाकालाई आधार बनाइ स्थानीय तह बनाउने निर्णय ठीक छ : एमाले सचिव भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yogesh-bhattaraiकाठमाडौं, १० असोज । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रवीच स्थानीय तहको संख्या र संरचनालाई लिएर भएको सहमतिको स्वागत गर्नुभएको छ ।

सचिव भट्टराईले नगरपालिका र पुराना इलाकाहरूलाई समायोजन गर्दा ६ सय ५० देखि ७ सयसम्म स्थानीय तह बन्ने भन्दै यसलाई सबैले मिलन विन्दुका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले यसबाट स्थानीय तहको चुनावको वातावरण बन्ने उल्लेख गर्नुभएको छ ।

‘नगरपालिका र पुराना इलाकालाई समायोजन गर्दा ६ सय ५० देखि ७ सयसम्म स्थानीय तहको संख्या हुनसक्छ’, सचिव भट्टराईले ट्वीट गर्दै भन्नुभएको छ, ‘यो सबैको मिलन विन्दु हो । ३ दलको सहमति ठीक छ ।’

प्रमुख तीन दलका शीर्ष नेताहरूवीच आइतबार राति बालुवाटारमा भएको सहमतिमा इलाकालाई धारा बनाइ स्थानीय तहको संरचना बनाउने सहमति गरेका थिए ।