
काठमाडौं, ९ असोज । मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहित सुरु भएको सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ मा दैनिक २० हजार भन्दा बढि भिजिटर्स पुग्ने गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको एक्स्पोमा ३ दिनमै ५० हजारले अलवोकन गरिसकेका छन् । पहिलो दिन १० हजारले अवलोकन गरेको मोबाइल एक्स्पोमा दोश्रो र तेश्रो दिन २०–२० हजार अवलोकनकर्ता आएको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए ।
‘भिजिटर्सहरुको संख्या क्रमश बढिरहेको छ, ५० हजारले भिजिटर्स आईसक्नुभयो, व्यवसायीहरु पनि उत्साहित भएका छन्’, अध्यक्ष श्रेष्ठले भने ।

उनले पछिल्ला दिनहरुमा अवलोकन कर्ताहरुको संख्या अझै वृद्धि हुँदै जाने दावी समेत गरे । भिजिटर्सहरुको संख्या र व्यापार समेत बढेपछि मोबाइल व्यवसायीमा उत्साह थपिएको छ ।
द वल्र्ड भिजन मोबाइलका संगम राईले एक्स्पोले सिटिसी मोबाइल बजारलाई मोबाइल हबका रुपमा विकास गर्न सघाउने दावी गरे । उनले भिजिटर्सको फ्लोले सिंगो मलको व्यवसायीक छवी सुधार हुने समेत बताए ।
सिटिभी मोबाइलका सेल्स मेनेजर सन्दिप उप्रेतीले भिजिटर्सको नजरमा सामसङ र हुवावे मोबाइल अत्याधिक परेको बताए । अवलोकन कर्ताहरुको बाक्लो उपस्थिती र वृद्धि भैरहेको बिक्रिका कारण आफु उत्साहित रहेको धारणा व्यक्त गरे । त्यस्तै, ग्रीन एप्पल आइटी हबका अमिर देउलाले सामान्य अवस्था भन्दा ८० प्रतिशतले भिजिटर्सको संख्या बढेको बताए ।
द रेड मोबाइलका सुरेन्द्र उप्रेतीले अवलोकनकर्ताहरुको फ्लोका कारण सिटिसी मोबाइल बजार भूकम्प अघिकै अवस्थामा पुग्ने अपेक्षा व्यक्त गरे ।

एक्स्पोमा भर्खरै नेपाली बजारमा भित्रिएका युएमआई, ओप्पो, मेजु लगायतका मोबाइलबारे पनि अवलोकन कर्ताहरुले बिशेष जानकारी मागिरहेका छन् ।
एक्स्पोमा आउने अवलोकन कर्ताहरुले मोबाइलका ब्राण्ड भन्दा पनि फिचरलाई महत्व दिएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई मनोरञ्जन दिनका लागि बिभिन्न मोबाइल कम्पनीका टिसर्ट लगाएका कलाकारहरुले सांगीतिक प्रस्तुति समेत दिईरहेका छन् । त्यसका अलावा बिभिन्न खेलका माध्यमबाट पनि अवलोकन कर्ताहरुलाई अतिरिक्त मनोरञ्जन दिईएको छ ।
सिने द सेफ सिनेमा हल, नेचुरल स्पा, जिम हल, किड जोन, रेष्टुरेन्ट लगायतका सुबिधासहितको सिटिसी मलमा आयोजना गरिएको मोबाइल एक्स्पोले मललाई मोबाइल हबका रुपमा स्थापित गराउने आयोजकले दावी गरेका छन् ।
एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले शुक्रबार उद्घाटन गरेका थिए ।
एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भैरहेको छ ।
मोबाइल एक्स्पोको पावर्ड बाइमाकलर्स र जियोनीमोबाइल रहेका छन् । यसैगरि मुख्यप्रायोजनमामाइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमावनप्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।
धेरै भन्दा धेरै मोबाइलकम्पनीहरुको साथपाएको मोबाइलएक्स्पोको प्रायोजकमा सेल्कनमोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।

एकै छाना मुनी डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर संचालनमा ल्याएको मोबाइल बजारमा जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, हुवावे, माइक्रोम्याक्स, वनप्लस वन, एमआई, सामसङ, सेल्कन, टचकन, किवी, वीनकम, फ्लाई र ओबिआई मोबाइलले आफ्नो सर्भिस दिइरहेका छन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् ।
निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ ।
मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिनेछ ।















प्रतिक्रिया