१ कार्तिक २०८३, आइतबार

चीनले भन्यो- हामी पाकिस्तानको साथमा छौं, युद्धमा सघाउछौं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-jinping

काठमाडौं, ९ असोज । काश्मिरको उरी घटनाले भारत र पाकिस्तानबीच विवाद बढिरहेका बेला चीनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार चीनले भारत–पाकिस्तानबीचको सम्भावित युद्धका क्रममा पाकिस्तानलाई मद्दत गर्ने रणनीति सार्वजनिक गरेको हो ।

चीनका महावाणिज्य दूत जनरल यु बोरेनले भनेका छन्– ‘यदि कोही विदेशी हमला भएमा हामी पाकिस्तानलाई पुरा सहयोग गर्नेछौं । कश्मिर विवादमा पनि हामीले पाकिस्तानलाई साथ दिएको छौं ।’

चीनको यो सन्देश महावाणिज्य दूत बोरेन पञ्जाब प्रान्तका मूख्य मन्त्री शाहबाज सरिफसँग लाहोरमा भएको बैठकमा सुनाएको पाकिस्तानी चर्चित पत्रिका डनले जनाएको छ ।

चीनको सन्देशमा अगाडि भनिएको छ– ‘चीन कश्मिर मुद्दामा पाकिस्तानको साथमा छ । कश्मिर (भारत अधिनस्थ) मा निहत्था मानिसमाथि भइरहेको ज्यादतीलाई जायज ठहर्याउन सकिँदैन । कश्मिर विवादको हल कश्मिरी जनताको इच्छा बमोजिम गरिनुपर्ने जरुरी छ ।’