२ कार्तिक २०८३, सोमबार

‘हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

masthead_2x5

काठमाडौं, ९ असोज । नेपालकै सबैभन्दा ठूलो कन्फेक्स्नरी उत्पादन कम्पनी सुजल फुड्स प्रालिले आफ्नो सर्वाधिक लोकप्रिय चकलेट ब्राण्ड चोकोफनको नयाँ आकार र प्याकेजिङ्गका साथ नयाँ बजार प्रवद्र्धन अभियान सुरु गरेको छ ।

विगत १७ वर्ष देखि चोकोफनले नेपालभरीका बालबालिकाहरुलाई रमाइलो स्वाद अनि खुसी पस्कदै आएको छ । यसमा भएको चकलेटको मिठो स्वाद र क्रिस्पी वेफरसँग बालबालिकाहरु खुसीयालीका साथ हुर्कीरहेका छन् । बाल्यकालका यस्तै मिठा सम्झनाहरु, खुसी, तथा रोमाञ्चलाई चाकोफनको नयाँ विज्ञापन अभियानमा “हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै” भन्ने सन्देशका साथ समावेश गरिएको छ । साथै, कम्पनीले चोकोफनको स्वादमा थप रमाइलो थप्न उक्त चकलेटलाई नयाँ र आधुनिक प्याकेजिङ्गका साथ प्रस्तुत गरेको छ ।

नयाँ प्याकेजिङ्गको सन्दर्भमा, चोकोफनले आफ्नो नयाँ मिठासलाई नयाँ ग्लिटरी (न्ष्तितभचथ) डिजाइन तथा अत्याधुनिक टेक्नोलोजीको मेटालिक र होलोग्राम ¥यापरका साथ बजारमा ल्याएको छ । उक्त नयाँ प्याकले चोकफोनसँग जुडेको बाल्यकालको उमब्ग, खुसीयाली तथा रमाइलो जिन्दगीको भावलाई अपनाएको छ भने आफ्नो नयाँ स्टाइलिश र ट्रेण्डी डिजाइनका साथ सबैको मन जित्ने विश्वास कम्पनीले लिएको छ । यससँगै, नेपालभरी भएका वर्षाैंदेखि चोकोफनलाई माया दिँदै आएका बालबालिकाहरुलाई उक्त नयाँ प्याकले झन् उत्साह पस्कनेमा पनि कम्पनी विश्वस्त छ ।

“हुर्किदैछ नेपाल चोकोफनमा रमाउँदै” भन्ने सन्देश बोकेको नयाँ बजार प्रवद्र्धन अभियान आजको दिनमा चोकोफोनको मिठो स्वादमा रमाउदै हुर्कदै गरेका बालबालिकाहरु प्रति लक्षित गरिएको छ । साथै, चोकोफनसँग रमाउँदाको पल आफ्नो बाल्यकालको सबैभन्दा रमाइलो पलहरु मध्ये एक हो भन्ने सोच भएकाहरु प्रति पनि सो अभियान लक्षित छ । उक्त अभियान अन्तर्गतको टेलिभिजन विज्ञापनले पनि यिनै हुर्किदै गरेका बालबालिकाहरुको चोकोफनसँग जुडेका भावनाहरु तथा उनीहरुको सम्पूर्ण बाल्यकाललाई झल्काएको छ । यी सबै सन्देशहरु उक्त विज्ञापनमा सुमधुर संगीतका साथ नाच्दै, खेल्दै, हाँस्दै र चोकोफनको मिठो स्वादमा रमाउँदै गरेका बालबालिकाहरु मार्पmत देखाइएको छ ।

यही दृश्यलाई कम्पनीले आफ्ना विविध बजार प्रवद्र्धन माध्यमहरु जस्तै पत्रपत्रिका, रेडियो तथा होर्डिङ्गहरुमा पनि उतारेको छ । रेडियो सञ्चारका लागिभने चोकोफनले एउटा सरल अनि भावनात्मक गीत तयार गरेको छ जसले विज्ञापनको सन्देशलाई एउटा सुमधुर रुप दिएको छ । उक्त गीतलाई बालबालिकाहरुले मनपराउने रमाइलोपन अनि सरलताका साथ प्रस्तुत गरिएको छ ।

चोकोफनले आफ्नो ३ तहको क्रन्ची–क्रिस्पी वेफर, चकलेट क्रिम तथा स्वादिलो बाक्लो चकलेट मार्पmत नेपालमा स्वादका पारखीहरुलाई गुणस्तरीय मिठासको प्रस्तुती दिँदै आइरहेको छ । सन् १९९९ मा रु. ५ को मूल्यमा बजारमा प्रथम पटक आएको चोकोफन आफ्नो स्थापनाको पहिलो वर्षमा नै बजारमा अग्रणी स्थान हासिल गर्दै कम्पनीको सर्वाधिक लोकप्रिय उत्पादन बन्न सफल भएको ब्राण्ड हो ।

सुजल फुड्सको बारेमा

लक्ष्मी ग्रुपको भातृ संस्था, ISO 22000:2005 अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त सुजल फुड्स प्रा.लि. ले विगत चार दशकदेखि उत्कृष्ट गुणस्तरका कन्फेक्सनरी उत्पादन गर्दै नेपालकै अग्रणी कम्पनी बन्न सफल भएको छ । सुजल फुड्सले अन्तर्राष्ट्रिय स्तरको वेफर (Wafer), क्याण्डी, बबलगम, स्टिक गमबनाउँदै आएको छ । जस मध्येका उत्कृष्ट उत्पादनहरु चाकोफन, सुजलगम, सुजल इक्लेयर्स, क्याण्डीम्यान, फ्रेसो र लभबर्ड्स वर्षौ देखि उपभोक्ताहरुले मन पराउँदै आएका छन् ।

सबै उपभोक्ताहरुले कम्पनीको यस नयाँ बजार प्रवद्र्धन अभियान तथा नयाँ प्याकेजिङ्गलाई विगतमा जस्तै मनपराइदिनु हुनेछ र आफ्नो स्नेह प्रदान गरिरहनु हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।