१ कार्तिक २०८३, आइतबार

एमाले उपमहासचिव घनश्याम भुसाललाई युवा नेता सूर्य थापाको कडा जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surya-thapa-ghanshyam-bhusal-uml

काठमाडौं, ९ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीमा रातदिन गुटबन्दी गर्नेहरुले अरुलाई गुटबन्दी नगर्न उपदेश दिनु लज्जास्पद रवैया भएको बताएका छन् ।

पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटीको सातौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै थापाले ‘कसैले रातदिन गुटबन्दीबाहेक केही नगर्ने, अरुलाई गुटबन्दी नगर्न उपदेश दिने’ लज्जास्पद रवैयाको अन्त्य हुनुपर्ने बताएका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा यसअघि एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीमा भइरहेको गुटबन्दी अन्त्यको माग राख्दै २५ पृष्ठ लामो फरक मत पेस गरेका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ ।

यसैबेला घनश्याम भुसालतर्फ सकेंत गर्दै एमालकै युवा नेता थापाले अध्यक्ष ओलीलाई दिएको सुझावमा गुटबन्दी अन्त्य हुनुपर्ने आफूहरुको धारणा पहिले देखिकै भएपनि बाहिर गुटबन्दी गर्ने र भित्र गुटबन्दी अन्त्य गर्नुपर्छ भन्ने व्यक्तिहरुलाई आफ्नो तोकिएको जिम्मेवारीमा केन्द्रित हुन स्पष्ट निर्देशन दिनुपर्ने उल्लेख गरिएको छ ।

सुझावपत्रको ८ नम्बर बुँदामा भनिएको छ– पार्टीभित्र गुटबन्दीको अन्त्य अत्यावश्यक छ । यसमा कसैको विमति हुनसक्दैन । तर ‘कसैले रातदिन गुटबन्दीबाहेक केही नगर्ने, अरुलाई गुटबन्दी नगर्न उपदेश दिने’ लज्जास्पद रवैयाको अन्त्य हुुनुपर्छ । पार्टीका सबै नेता कार्यकर्ताहरु आ–आफ्नो परिभाषित जिम्मेवारीमा केन्द्रीत हुनुपर्दछ । अरुको जिम्मेवारीमा दख्खल पुर्याउने, पार्टी बाहिरका प्रतिस्पर्धीसँग सल्लाह, सुलह र साँठगाँठ गरी आन्तरिक रुपमा पार्टीको अग्रगतिमा अवरोध र अड्चन सिर्जना गर्ने हर्कत बन्द गरिनुपर्छ । र, जोकसै नेताको नाम लिएर यसो गर्ने व्यक्तिलाई आफ्नो तोकिएको जिम्मेवारीमा केन्द्रित हुन स्पष्ट निर्देशन दिनुपर्छ ।

नेता थापाले गुटबन्दीका नाममा कार्यकर्ता र जनतामा भ्रम पैदा गर्ने आत्मघाती कदमलाई कडाइका साथ रोक्न माग गरेका छन् ।

अध्यक्ष ओलीलाई बुझाएको पत्रको १० नम्बर बुँदामा भनिएको छ– ‘पार्टीभित्र छलफलमै प्रस्तुत नगरेका ‘निजी विचार’ पार्टीभित्र प्रस्तुत गरेको भन्दै पत्रपत्रिकामा छरेर कार्यकर्ता र जनतामा भ्रम पैदा गर्ने आत्मघाती कदमलाई कडाइका साथ रोक्नुपर्छ । पार्टीका पदाधिकारीहरु निजी धारणा, कुण्ठा र आवेग होइन, पार्टीको नीति, निर्णय र फैसलाको पक्षपोषण, व्याख्या र कार्यान्वयनमा समवेत् स्वरले क्रियाशील हुनुपर्छ ।’