१ कार्तिक २०८३, आइतबार

बेलायती प्रतिपक्ष नेतामा कर्विन पुनः निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeremy-corbynलिभरपुल (इङ्ल्यान्ड), ९ असोज । प्रसिद्ध समाजवादी नेता जेरमी कर्विन बेलायतको प्रतिपक्षी दल ल्यावर पार्टीको विभाजित समूहको चुनौतीलाई सामना गर्दै पुनः उक्त दलको नेता निर्वाचित हुनुभएको छ ।

कर्विनले ल्यावर पार्टी करिब पाँच लाख सदस्यबाट ६२ प्रतिशत मत प्राप्त गर्नुभएको बताइएको छ । उहाँका प्रतिस्पर्धी ल्यावर पार्टीका अर्का नेता ओयन स्मिथले ३८ प्रतिशत मत प्राप्त गर्नुभएको उक्त दलले लिभरपुलमा गरेको प्रेस सम्मेलनमा बताइएको छ ।

कर्विनले प्रतिपक्षी दलको सांसदका रुपमा लामो समय काम गर्नुभएको थियो भने गतवर्ष पार्टीको प्रमुख नेताका रुपमा निर्वाचित हुनुभएको थियो ।

बेलायतमा लेवर पार्टीले सन् १९९७ र सन् २०१० मा सत्ता सम्हालेको थियो । –एपी