वाशिंगटन डिसी । प्रतिभाशाली चलचित्र निर्देशक दिनेश राउतलाई चलचित्रको फाँटमा ज्यादा परिचय गराई रहनु नपर्ला । हतारमा चलचित्र निर्माण गर्नुभन्दा धैर्य धारण र प्रतिक्षा गरी चलचित्र निर्माण गर्नु पर्छ भन्ने आफ्नो धारणा र मान्यता रहेको बताए उनले बताए ।
निर्देशक राउतलाई चलचित्रको नाम कसरी अंग्रेजीमा रहन पुग्यो भन्ने सवालमा उनी भन्छन शायद कथा बस्तुले मागेकोले या संयोगले त्यसो हुन् पुगेको बताए ।
आफू समय कुरेर भए पनि राम्रो चलचित्र बन्न सकोस भन्ने आफ्नो चाहना भएकोले सन् २०१२ मा बनाएको आइएम सरी, नोबेम्बर रेन २०१४ र सन् २०१६ मा बनाएको क्लासिक लोकप्रिय चलचित्रहरु प्रेममा आधारित बन्न गएको बताए ।
उनले अगाडि भने चलचित्र बनाए पछि दर्शकले मन पराई दिनु पर्छ भन्दै आफू त्यसतर्फ ज्यादा केन्द्रित रहने बताए । चलचित्रमा जीवन खोज्ने अनि जीवन भोगाई जस्तै चलचित्र बनाउने निर्देशक हुन दिनेश राउत । दिमाख र आँखाले भन्दा आफ्ना चलचित्रलाई मनले हेरि दिनु पर्छ भनेर आग्रह गर्ने निर्देशक राउतले मन छुने चलचित्र बनाएकै कारण सबैको प्रशंसा पाई रहेका हुन्छन् ।
सफल र असल दुई फरक कुराहरु हुन । तर राउतमा यि दुवै गुण पाइन्छ । उनी एउटा असल अनि कुशल निर्देशक त हुन नै त्यत्तिकै मात्रमा पनि सफल छन् ।
पहिलो चलचित्र आइएम सरीबाट विभिन्न पुरस्कारमा नव निर्देशकको विधामा मनोनयनमा परे पनि नोभेम्वर रेनबाट उनलाई पहिलो पुरस्कार हात लागेकोमा दंग भएको सम्झना गरे ।
डिजिटल फिल्म अवार्ड २०७१ मा उनी चलचित्र नोभेम्वर रेनबाट उत्कृष्ट निर्देशक घोषित भए भने उनको चलचित्र नोभेम्बर रेन उत्कृष्ट चलचित्र भयो । अनि सोही चलचित्रबाट उनले बक्स अफिस चलचित्र पुरस्कार पनि प्राप्त गरे ।
उनले हालै मात्र देशकै प्रतिष्ठित एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् ।
उनलाई चलचित्र विधामा दिने पुरस्कारका बारेमा सवाल गर्दा उनि भन्छन पुरस्कार चलचित्रकर्मीको उर्जा हो, प्रेरणा हो अनि हौसला हो । राउत पनि “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरिसके पछि आफुले अझ उत्कृष्ट चलचित्र बनाउनु पर्छ भन्ने कुरा महशुस भइरहेको बताउँछन् ।
















प्रतिक्रिया