३० कार्तिक २०८३, सोमबार

दाहालले बोलाएको निर्देशक समितिको बैठकमा ओली नजाने, प्राधिकरण बैठक बस्दै

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-prachanda-750x410काठमाडौं, ९ असोज । लामो समयपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठक बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहान दश बजे बस्ने बैठकमा भूकम्पपछिको पुनर्निर्माण, राहत वितरण, भावि कार्यक्रम र पीडितहरूको गुनासा लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले आफूले गरेका कामकारबाही र प्रगती विवरण पेश गर्नु हुनेछ ।

उता, निर्देशक समितिको बैठकमा एमालेका अध्यक्ष केपी ओली अनुपस्थित हुने बुझिएको छ । स्रोतका अनुसार ओलीले प्राधिकरणको बैठकमा भीम रावल वा सुवासचन्द्र नेम्वाङलाई पठाउन सक्नु हुनेछ ।

प्राधिकरणको नियमावली अनुसार निर्देशक समितिमा प्रधानमन्त्री अध्यक्ष र प्रमुख विपक्षी दलको नेता उपाध्यक्ष रहने व्यवस्था छ ।

एमालेका सचिव प्रदीप ज्ञवालीले प्राधिकरणको निर्देशक समितिको बैठकमा अध्यक्ष ओली जानै पर्ने बाध्यात्मक व्यवस्था नरहेको बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीले तोको नेता उपस्थित हुने जानकारी दिनुभएको छ । ‘केपी ओली प्रधानमन्त्री भएका बेला प्राधिकरणको बैठक बस्दा कांग्रेसबाट सभापति शेरबहादुर देउवा नआएर रामचन्द्र पौडेललाई पठाइएको थियो’, उहाँले भन्नुभयो, ‘एमालेले पनि अर्को नेता पठाउँछ ।’